म थाकेको छैन
म थाकेको छैन
यादका उर्बौला प्रतिविम्ब
मात्रै छैनन् मेरा मस्तिष्कमा
साहस छ, आँट छ र दम्भ छ छातीभरी
यी हातका ठेलाहरु फुटेर गए त के भो?
पौरखका कन्चन धर्काहरु
मेटिएका छैनन् हत्केला बाट
अनि कल्याङमल्याङ मार्गहरु छन्
बेल्चा, कुटे र घनका एकोहोरा रगडाईका ।
यो पिठ्युँले गह्रुङ्गो भारी नबोकेको
धेरै भो त के भो?
डोका र थुन्सेका छिद्राले बनाएका
डोबहरु त मेटिएका छैनन् नि
मेरो पिठ्युँबाट ।
लामा सफरहरु गर्न नसक्लान मेरा पैताला
तर यी पिँडुलाका भार थाम्नै नसक्ने गरी
च्यातिएका त छैनन् नि अझै त !
हो! यी आँखाहरु धमिलिए होलान् जरुर
तर सियोमा धागो उन्नै नसक्ने गरी
टालिएका त छैनन् नि!
यो तालु त्यसै खुईलिएको होइन,
मेरो स्खलित देशप्रेम-भनूँ त पेटप्रेम-
अझै पनि चियाउँदैछ नाम्लाको डोबबाट सिङ्गो ईतिहास
मेरा बाउबाजेका रगतले बलिया बनाएको सिमानाको ईतिहास ।
हो, म यात्राामा छु ।
यस्तो अनन्त यात्राामा छु ।
याने कि म थाकेको छैन ।
म थाकेको छैन -
फगत सन्तान पाल्न नदीनाला बेच्नु पर्ने गरी;
म थाकेको छैन -
नुन पैँचो नदिने छिमेकीको पाउमा लम्पसार पर्नुपर्ने गरी;
अनि म थाकेको छैन -
मिठा तर झुटा आश्वासन देखाएर
म माथि शासन गर्नेहरुको
छाती फुटाउन नसक्ने गरी ।
त्यसैले मेरो स्वाभिमान पनि यात्रामा छ ।
सिङ्गो सार्बभौमिकता यात्रामा छ ।
सक्छौ मेरो यात्रामा सामेल हुन?
देशलाई बिक्री हुन बाट बचाउने अभियानमा
सक्छौ साथ दिन?
सक्छौ?
सक्दैनौ भने बुझिराख-
म निमुखाको पाखुरीमा झुण्डिएर
तिमी सरकारमा छौ;
तर तिमी सरकार होइनौ ।
--------------------
म सरकार हुँँ ।
सुन्यौ ???
म सरकार हुँँ ।
म देश हुँँ ।
किनभने, म जनता हुँँ ।
र म थाकेको छैन ।
सन्तोष खनाल
तान्द्राङ्-४, गोरखा
(हाल: मकवानपुर)
२०७२।०७।१०
यादका उर्बौला प्रतिविम्ब
मात्रै छैनन् मेरा मस्तिष्कमा
साहस छ, आँट छ र दम्भ छ छातीभरी
यी हातका ठेलाहरु फुटेर गए त के भो?
पौरखका कन्चन धर्काहरु
मेटिएका छैनन् हत्केला बाट
अनि कल्याङमल्याङ मार्गहरु छन्
बेल्चा, कुटे र घनका एकोहोरा रगडाईका ।
यो पिठ्युँले गह्रुङ्गो भारी नबोकेको
धेरै भो त के भो?
डोका र थुन्सेका छिद्राले बनाएका
डोबहरु त मेटिएका छैनन् नि
मेरो पिठ्युँबाट ।
लामा सफरहरु गर्न नसक्लान मेरा पैताला
तर यी पिँडुलाका भार थाम्नै नसक्ने गरी
च्यातिएका त छैनन् नि अझै त !
हो! यी आँखाहरु धमिलिए होलान् जरुर
तर सियोमा धागो उन्नै नसक्ने गरी
टालिएका त छैनन् नि!
यो तालु त्यसै खुईलिएको होइन,
मेरो स्खलित देशप्रेम-भनूँ त पेटप्रेम-
अझै पनि चियाउँदैछ नाम्लाको डोबबाट सिङ्गो ईतिहास
मेरा बाउबाजेका रगतले बलिया बनाएको सिमानाको ईतिहास ।
हो, म यात्राामा छु ।
यस्तो अनन्त यात्राामा छु ।
याने कि म थाकेको छैन ।
म थाकेको छैन -
फगत सन्तान पाल्न नदीनाला बेच्नु पर्ने गरी;
म थाकेको छैन -
नुन पैँचो नदिने छिमेकीको पाउमा लम्पसार पर्नुपर्ने गरी;
अनि म थाकेको छैन -
मिठा तर झुटा आश्वासन देखाएर
म माथि शासन गर्नेहरुको
छाती फुटाउन नसक्ने गरी ।
त्यसैले मेरो स्वाभिमान पनि यात्रामा छ ।
सिङ्गो सार्बभौमिकता यात्रामा छ ।
सक्छौ मेरो यात्रामा सामेल हुन?
देशलाई बिक्री हुन बाट बचाउने अभियानमा
सक्छौ साथ दिन?
सक्छौ?
सक्दैनौ भने बुझिराख-
म निमुखाको पाखुरीमा झुण्डिएर
तिमी सरकारमा छौ;
तर तिमी सरकार होइनौ ।
--------------------
म सरकार हुँँ ।
सुन्यौ ???
म सरकार हुँँ ।
म देश हुँँ ।
किनभने, म जनता हुँँ ।
र म थाकेको छैन ।
सन्तोष खनाल
तान्द्राङ्-४, गोरखा
(हाल: मकवानपुर)
२०७२।०७।१०
Comments
Post a Comment