गजल
यति सुन्दर जिन्दगानी कसको देन होला ?
घाम भन्छ अहा! पानी कसको देन होला ?
.
सपनामा जसै खेल्छन् तिम्रा यादहरु
सपनाको त्यो सिरानी कसको देन होला ?
.
घ्यू दूध बेची ज्ञानका अक्षर चिनाउनुभो बाले
धन्य ती ठेकी मदानी कसको देन होला ?
.
दिन ढलेर के भो?, फेरी आशा बोकी आउँछ
रात पछीको त्यो बिहानी कसको देन होला ?
.
मेरा घाउका दर्दसँग मल्हम बनी खेल्छन्
तिम्रा चन्चल आनीबानी कसको देन होला ?
सन्तोष खनाल
घाम भन्छ अहा! पानी कसको देन होला ?
.
सपनामा जसै खेल्छन् तिम्रा यादहरु
सपनाको त्यो सिरानी कसको देन होला ?
.
घ्यू दूध बेची ज्ञानका अक्षर चिनाउनुभो बाले
धन्य ती ठेकी मदानी कसको देन होला ?
.
दिन ढलेर के भो?, फेरी आशा बोकी आउँछ
रात पछीको त्यो बिहानी कसको देन होला ?
.
मेरा घाउका दर्दसँग मल्हम बनी खेल्छन्
तिम्रा चन्चल आनीबानी कसको देन होला ?
सन्तोष खनाल
तान्द्राङ-४, गोरखा
२०७२ माघ ८
२०७२ माघ ८
Comments
Post a Comment