अचानक आँधी आयो र गयो,
झोला भरि तिम्रो याद पायो र गयो ।
सुम्पिएँ आफैँलाई हेरौँ न त भन्दै,
बिश्वास कै झुपडी उडायो र गयो ।
उज्यालो खोज्दै भौतारी रहेँ,
औँशीको अन्धकार छायो र गयो ।
न सक्छु मर्न, न बाँचेकै छु,
चोचोमोचो उतैतिर मिलायो र गयो ।
अचानक आँधी आयो र गयो,
झोला भरि तिम्रो याद पायो र गयो ।
Comments
Post a Comment