मेरी प्रात: स्मरणीय आमाको देहावसान् भएको ४५औँ दिनको पुण्य तिथीमा, दिवंगत आत्माको चीरशान्तीको कामना गर्दै उहाँ प्रति समर्पित यो गजल:
दिवंगत आत्माको चीरशान्तीको कामना गर्दै उहाँ प्रति समर्पित यो गजल:
सम्झिन्छु तिमीलाई, अनि रुन्छु आमा,
रोएरै आफ्नो मनको ब्यथा धुन्छु आमा
जोगिए कुसङ्गत र कुलत बाट भन्थ्यौ
सम्झिन्छु ती बात अनि बेहोस हुन्छु आमा
समय बलवान थियो, रहेछ आज पनि
बिउँझन्छु रातमा तिम्रो आवाज सुन्छु आमा
बिझाउँदा मेरो पाउ, दुख्ने त्यो मन थियो
स्वर्ग र तिमि दिए तिम्लाई चुन्छु आमा
घर, अफिस, बाटो भरि, हृदयको पाटो भरि
तिम्रै यादले नानाथरि ताना बुन्छु आमा
मायाको सृस्टि तिम्रै, बनाउँछु हराभरा
मुस्कुराउ तिमि एक दिन, आकाश छुन्छु आमा ।
It is very difficult moment(I think for everyone) to overcome the grief of our beloved ones, specially mother and father. And i m that unlucky person that I lost both of them....
ReplyDeleteSo to memorize my mother and wish her departed soul rest in peace in heaven, this gazal is posted...
its the rule of this universe...janma pachi mrityu avasya huncha nai... just it depends on sooner or later....n of course the demise of parents is one of such wound that can never be overcome by any other things...... but still never think urself like unlucky or an orphan.....we are still alive to give u the company dai.....
ReplyDeleteThis comment has been removed by the author.
ReplyDelete