गुनासो के गरुँ जिन्दगी सित, झरेर के मरुँ जिन्दगी सित ।
मनभित्रै रित्तिएछन् मुस्कानका प्याला, भरुँ त के भरुँ जिन्दगी सित ।
तर्साउँछ तिम्रो याद यता र उता, सरुँ त के सरुँ जिन्दगी सित ।
लियर पिडाको जहर यो कन्ठमा, नहर यो के तरुँ जिन्दगी सित । २०६९-१०-०३ बुधवार
Comments
Post a Comment