Skip to main content
नयाँ गजल
नयाँ गजल
गुनासो के गरुँ जिन्दगी सित,
झरेर के मरुँ जिन्दगी सित ।
मनभित्रै रित्तिएछन् मुस्कानका प्याला,
भरुँ त के भरुँ जिन्दगी सित ।
तर्साउँछ तिम्रो याद यता र उता,
सरुँ त के सरुँ जिन्दगी सित ।
लियर पिडाको जहर यो कन्ठमा,
नहर यो के तरुँ जिन्दगी सित ।
२०६९-१०-०३ बुधवार
Comments
Post a Comment