मेरो जियाई


मेरो जियाई

जिएर जिउन पाए पुग्छ मलाई,

पिएर जिउन पाए पुग्छ मलाई ।

श्रमले फाटेको बाबुको दौरा,

सिएर जिउन पाए पुग्छ मलाई ।

देखेर प्यासी, भोकालाई दुई गाँस,

दिएर जिउन पाए पुग्छ मलाई ।

मैदानमा बगाउँदै रगत पसिना,

खिएर जिउन पाए पुग्छ मलाई ।

अन्तिम सासमा मुटुमा देशको नाम

लिएर जिउन पाए पुग्छ मलाई ।

२०६९-१०-०४ बिहिबार

Comments

Popular Posts