गजल

यो शहर -शहर छैन, तिमी नभएर ।
हिजोको निकटता नै आजको पराईपन भो,
बाँच्ने कुनै रहर् छैन, तिमि नभएर ।
कुहिरो भित्र पनि सप्तरङ्गी लहर देख्थेँ,
सङ्लो कुनै नहर छैन, तिमि नभएर ।
प्रतिबिम्ब छुटाएर बिम्बलाई के नाम दिऊँ,
नाम सँग थर छैन, तिमि नभएर ।
हाँस्नु र हँसाउनु समानता कहाँ छ र!
सँसारकै भर छैन, तिमि नभएर ।
Comments
Post a Comment