Skip to main content
गजल
गल्ती तिम्रो थियो या मेरो थियो,
थियो जरुर कसको पो धेरो थियो ।
तिमि त सहरको रमझम चाहन्छ्यौ रे
मेरो आफ्नो भन्नु त मनको पखेरो थियो ।
माया कहाँ फेरिन्छ र भन्ने नै टाढा हुँदा,
दिन चाहिँ उजेलो तर मन अँधेरो थियो ।
हिजो मेरा भन्ने नै आज पराइ बनेपछि,
समयको भुमरि मेरै सेरोफेरो थियो ।
Comments
Post a Comment