गजल



रोक्न खोज्यौ जवानी रोकिन्थ्यो र किन? 
पोख्न खोज्यौ जवानी पोखिन्थ्यो र किन?

निस्प्रेमी थिएँ म प्रेमको कलम माग्यौ,
चोप्न खोज्यौ जवानी चोपिन्थ्यो र किन?

किनमेलमा पो तलमाथि हुन सक्छ जोखाईमा
जोख्न खोज्यौ जवानी जोखिन्थ्यो र किन?

बाहिरी दुखाई कम गर्न कहाँ टोक्नु आफैँलाई?
टोक्न खोज्यौ जवानि टोकिन्थ्यो र किन?

Comments

Popular Posts