गजल


२०७० बैशाख १८ गते 'स्रस्टा चौतारी' र 'कुन्ता-डण्ड ' प्रतिस्ठानले आयोजना गरेको राष्ट्रब्यापी खुला गजल प्रतियोगिताम वाचन भयको मेरो गजल:

आज खै किन-किन मेरो मन रोईरहेछ,
सुवास छर्दै चल्ने यो पवन रोईरहेछ ।

शौचालयमा भगवान थुन्छु भन्छन् आजभोलि,
देखेर चर्तिकला स्वयम्, भगवन रोईरहेछ ।

बिचारको खेति गरी क्रान्ती ल्याउँछु भनी हिँड्ने,
सम्झेर खडेरी त्यो, श्रावण रोईरहेछ ।

मधुशाला भत्काएर हेलाको बिऊ छर्‍यौ,
लगायौ डँढेलो आज, मधुवन रोईरहेछ ।

नि:स्वार्थ देश विकासमा खिईन्छन् गरिब् मजदुर,
धनिको ढुकुटीमा हेर, धन रोईरहेछ ।

अर्किड् पुपिल् स्कूल्, गोठाटार्- काठमाण्डौँ

Comments

Popular Posts