गजल


उनको यादले पोल्दा मदिरा सम्झिएँ,
मन टुक्रेर बनेको चिरा सम्झिएँ ।

सुनले सजाईदिने हैसियत छैन
'नाईं,चाहिन्छ!!' भनेको हिरा सम्झिएँ ।

मायाले मात्रै संसार नचल्ने रैछ
सोच्दै थिएँ म, कृष्णकी मिरा सम्झिएँ ।

भन्थिन् रक्तसंचार मायाले चलाउँला
फूटेको पल्मोनरी शिरा सम्झिएँ ।।

२०७० जेठ ५ गते आईतबार

Comments

Popular Posts