गजल:

दु:खको यो पाटो छ कान्छा, भन्नुहुन्छ मेरी आमा
मान्छेबिच फाटो छ कान्छा, भन्नुहुन्छ मेरी आमा ।

सोचेमात्र देशलाई केही, गर्न सक्छु म पनि
सबैलाई बाटो छ कान्छा, भन्नुहुन्छ मेरी आमा ।

नसम्झाए पूराना दिन, बल्झिन्छ कि घाउ फेरि
मनभित्र खाटो छ कान्छा, भन्नुहुन्छ मेरी आमा ।

तेरा बा ले भन्थे -नानी! देश-देश सोच सधैँ
मन्मा यही माटो छ कान्छा, भन्नुहुन्छ मेरी आमा ।

पढ्नू-गुन्नू असल बन्नू, देश सँग आश नगर्नू
सर्कार त लाटो छ कान्छा, भन्नुहुन्छ मेरी आमा ।

२०७० साल जेठ १६ गते बिहिबार

Comments

Popular Posts