गजल







सर्माउँछौ कि कसो, डोली लिएर आउँदा
रहरै-रहर भरेको झोलि लिएर आउँदा ।

टेकेर यज्ञभूमि, बेदि मारेर फन्को
रङ्गाउन तिमिलाई होलि लिएर आउँदा ।

भेटियौ जब तिमि, सहज मानेर यात्रा
सपना साँचेको सुन्दर भोलि  लिएर आउँदा ।

ओढेर घुम्टो तिमि, शृङ्गारले भरिनु
उमंग उत्साहको खोलि लिएर आउँदा ।

बिदाई जब माग्दै, रौली आफन्तसँग
फकाउँदै आश्वासनको बोलि लिएर आउँदा ।

Comments

Popular Posts