गजल

गजल
म अब आफ्नो बेग्लै पहिचान बनाउँछु
चट्टान फुटाउँछु र मैदान बनाउँछु ।

हेर अब यो देशले काँचुली फेर्नै पर्छ
कोहि छ रोक्ने? समस्या आसान बनाउँछु ।

नधाउनू सुख खोज्दै समुद्र पारी-पारी
आफ्नै घरमा सुस्ताउन मटान बनाउँछु ।

तिमी जित् खोज्दैछौ, हार अहँ! म स्विकार्दिन
दुबैमा मिल्ने यस्तो समाधान बनाउँछु ।

कलामा शक्ति हुन्छ, हेर्दै जाऊ के के हुन्छ
ढुङ्गामा कला भर्छु भगवान बनाउँछु ।

सन्तोष परिक्षित
२०७० साल जेठ २९ गते बुधबार

Comments

  1. हेर अब यो देशले काँचुली फेर्नै पर्छ
    कोहि छ रोक्ने? समस्या आसान बनाउँछु ।
    sundar ra sakaraatmak.

    ReplyDelete

Post a Comment

Popular Posts