गजल











अहो यो कस्तो म सरकार देख्दैछु,
किन हो यति बिघ्न लाचार देख्दैछु ।

किसान रोएको'नि नसुनेझैँ गर्ने,
बर्षात् बिनै निख्रीएको असार देख्दैछु ।

हरदिन खाली पेट्मै भारि बोक्छन् बाउ,
यो अचम्मको कालो बजार देख्दैछु ।

किसानको प्रगतिको समाचार लेखिँदैन,
खै कता ढल्किएको अखबार देख्दैछु ।

चट्टान देऊ मोती फलाई देखाउछन् अनि,
यति धेरै युवा किन बेरोज्गार देख्दैछु ।

छैन भन्छन् बाटो मेसो के गर्नु नेपालमा,
देख्दैछु मौका म त भरमार देख्दैछु ।

सन्तोष परिक्षित
२०७० श्रावण ९ गते

Comments

Popular Posts