पिता प्रति समर्पित यो सानो भावना


















खै र अर्ति उपदेशका कुरा कसले गर्छ?
मेरा बा का सेता केशका कुरा कसले गर्छ?

खेली हुर्की त्यही काखमा स्वप्न भोग्दै हजारौँ
झुत्रा झाम्रा बा का भेषका कुरा कसले गर्छ?

रुख रोपी हुर्काईकन छहारी खोज्ने बेला
पिँढी रुँघ्ने अवशेषका कुरा कसले गर्छ?

आफ्नै कठिन ठान्छ मान्छे जिवनमार्ग हेर
कति खाए बा ले ठेसका कुरा कसले गर्छ?

मनभरी नेपाल आमा बोकी हिँडे पनि
खा'को चोट र हरेसका कुरा कसले गर्छ?
२०७० भाद्र २०, बिहिबार

सन्तोष परिक्षित
तान्द्राङ-४, गोरखा
हाल: नेपाल टेलिकम, जावलाखेल

Comments