गजल
अनि खासमा तिमी पाएँ जब निदाएर हेरेँ ।
आगतलाई कल्पिने हो विगतलाई हेरीहेरी
इतिहासमा तिमी पाएँ जब निदाएर हेरेँ ।
अँधेरीमा सुस्त सुस्त निर्लज्ज चल्छ बतास
त्यो बतासमा तिमी पाएँ जब निदाएर हेरेँ ।
दूरी भन्छौ तिमी, देख्छु एउटै छानो आकाश
हो आकाशमा तिमी पाएँ जब निदाएर हेरेँ ।
सन्तोष खनाल
तान्द्राङ ४, गोरखा
सम्पर्क इमेलः khanal.santosh@ntc.net.np
फोनः ९८५१११८१८७
Comments
Post a Comment