पीपल साक्षी छ
पीपल साक्षी छ
घरमाथीको पीपल चौतारीमा
दाहिने हातको चोर औंलाले पसिना तरक्क सोहोरेर
सोचिरहेंछु हिजोको सिद्धान्त,
आजको ब्यवस्था
अनि
आफ्नै सिद्धान्तले जन्माएका छेपाराहरुको रङ्गसंगै
बदलिएको देशको कालो स्वपनील भविष्यको झल्को ।
”कमरेड π के गर्नेछौ आमाको लागि <”
”गर्नेछु–
परिवर्तनका फिलिङ्गाहरु बोकेर
चेतनाको आगो सल्काउने झिल्काहरु छर्ने काम
गर्नेछु–
”हुँदा खाने” र ”हुने खाने” बिचको खाडल पुर्ने कृषि क्रान्ति
गर्नेछु–
उँचनीच, धनी गरिब,
जातीय, लैङ्गिक, धार्मिक असमानता हटाउने ज्योती बाल्ने काम
गर्नेछु–
वंशीय शासन ब्यवस्था हटाउँदै,
जनताको छनौटमा
जनताकै सन्तानले गर्ने शासन बहाली
अनि विकासको छलाङ मार्दै राष्ट्रको समुन्नतीको मार्गदर्शन ”
”‘हजुरबा π चुनाउ हुने रे, के भनेको <”
झस्कन्छु,
कहाँ गए हिजोका प्रगतिशील सिद्धान्तका कसमहरु <
अहो आमा π, कतिदिन तिमी
यी बहानामा लुटिईरहनेछ्यौ र म मुकदर्शक बनिरहनेछु <
निधारमा पसिना छैन यतिखेर
छ आँखामा आँसु ।
”हजुरामा π कति टाढा छ देउताको घर <
मेरो बाआमा कहिले आउनुहुन्छ <”
हजुरआमा पिलपिल आँसु झार्छे
शायद सम्झँदी हो–
देशको मुहार फेर्न क्रान्तिमा सुम्पिएको उर्वर समय,
अनि क्रान्तिमै सहादत पाएका नातीका बाआमा ।
सपनामा सहिदसँग तर्सन्छु, चिच्याउँछु
गरिब किसानका नेतृत्व गर्ने सहकर्मीहरु
राज्यश्रोतमा लुछाचुँडी गरेको सम्झन्छु ।
अनि आफू <
कोरेर मिल्काईएको सलाईको काँटी
सर्वहारा नेतृत्वले चुसेर लत्याईएको छोक्रा
सम्झन्छु–
परिवर्तनका लागि लडेर मक्किएका हातगोडा
काँधमा नातीको भविष्यको जिम्मेवारी ।
चौतारीमा पिठ्युँको भारी मसँगै रुन्छ ।
पीपल साक्षी छ ।
सन्तोष खनाल
तान्द्राङ ४, गोरखा
२०७२ भाद्र २५
Comments
Post a Comment