बा
बा
एक महिना अगाडी कटुन्जेको डुम्रिको रुखबाट बा लडेछन् । १,२ दिन त कसैलाई केही भनेनछन् बा आमाले । बिस्तारै बा को दाहिने हर साह्रै दुख्न थालेछ । राइफल तेल लाएर मिच्दा नि ठीक नभएसी आमाले भनिछन् - फुन गर्नुस् न छोरालाई एकपल्ट!

'सकेसम्म किन दु:ख दिम् भनेर नि!' भन्दै बाले छोरालाई फोन गरेछन् र आफु रुखबाट लडेको कुरा सुनाएछन् । छोराले झम्टेछ - कस्तो केयर नगर्नुभाको रुखमा चड्दा पनि!
अगाडी बा बोलेनन्, छोराले नै सोध्यो - कतै चोट त छैन ?
बा बोलुम् कि नबोलुम् गर्दै बोले - ढन्नेसो दुख्च बाबु । ३ दिन भैसक्यो म त हल न चल भाको छु, एकपल्ट काठमान्डु पो आम् कि!
अगाडी बा बोलेनन्, छोराले नै सोध्यो - कतै चोट त छैन ?
बा बोलुम् कि नबोलुम् गर्दै बोले - ढन्नेसो दुख्च बाबु । ३ दिन भैसक्यो म त हल न चल भाको छु, एकपल्ट काठमान्डु पो आम् कि!
छोरो बोल्न सकेन । सम्झ्यो अस्ती फागुनमा आमालाई ज्वरो आएर काठमान्डु आउँदा सरिता सँग ठाकठुक परेको कुरा, फर्कने बेलामा आमाले उसलाई आफ्नो र परिवारको ख्याल राख भन्दा सरिताले हाम्रो परिवारको चासो लिनुपर्दैन भनेर बचन लाको कुरा र आमा रुदै फर्कनु परेको कुरा ।
बा त बा नै हुन् उसले बुझेको पनि छ तर सरिताको अगाडी ऊ केहि बोल्न सक्दैन । ८ बर्ष भएछ उसको र सरिताको बिहे भएको । ६ बर्षको छोरो नै छ २ कक्षामा पढ्ने । बा आमाले नै खोजेका हुन सरितालाई । राम्रो घरानाकी केटी हो बाबु, नाईं नभन् भनेर आमाले कर गरेसी १ पल्ट हेरौँ न त भनेर उसले नि सरितालाई हेरेछ । एकै भेटमा उसलाई सरिता मनपरी । अनि बिहे भयो ।
ऊ ट्रेकिङ अफिसमा काम गर्थ्यो । घरमा पहिले त राम्रै थियो, बिस्तारै खै के हुँदै गयो आमा र सरिताको बिच पनि कुरा नमिल्ने हुन थाल्यो । कहिले कहिले फोन गर्थ्यो ऊ सरितालाई । फोनमा सधैँ ऊ रुन्थी । भन्थी -तपाईंकी आमा सँग म सङ्गै बस्न सक्दिन । खै के के पो दोष थुपार्थी आमालाई । सुरुसुरुमा त ऊ सरितालाई सम्झाउँथ्यो । भन्थ्यो- आमा त्यस्ती हुनुहुन्न, त्यस्तो भन्नुहुन्न सरिता आमालाई!! मिलेर बस आदी । पछिपछी उसलाई नि आमा नै बेठीक हो कि जस्तो लाग्न थाल्यो । सरिताकै फोनमा आमासँग कुरा गरेर ऊ रिसाउन थाल्यो ।
यस्तै यस्तैमा उसको छोरो जन्म्यो । आमाले आफ्नो नातीलाई हरप्रयास गरेर स्याहारिन् । छोरो १ बर्षजतिको भएपछी सासुबुहारी सँगै बस्न नसक्ने नै भए, घरमा नबस्ने भै सरिता । अनि श्रीमान सँगै काठमान्डु बस्न थाली छोरो लिएर । आमाले नै मन पराएर बिहे गरेको श्रीमती आमा सँगै झगडा भएपछी लिएर गयो उसले । राम्रो परिवार टुक्र्यो ।
त्यसयता बर्षमा १ पल्ट दशैँमा मात्र गाउँ जान थाले उनिहरु सरिताले नमान्दा नमान्दै पनि । बा आमाले कहिल्यै कुनै कुराको गुनासो गरेनन् । आमा रुन्थिन् कहिलेकाहिँ छोरो सम्झेर । बा ले सम्झाउँथे- छोरोकै मनमा माया नभएसी क्यार्छेस तनि!
आमा बेलाबेला भुत्भुताउँथिन्- त्यसको नि छोरो जन्म्या छ नि! छर्छेरिको मायाँ बुझेर नि सम्झिन पर्नी हैन र तेस्ले ?
दशैँमा नाती आउँदा र त्यसलाई आशिर्बाद दिन पाउँदा मात्रै पनि तिनलाई अभिलाख हुन्थ्यो ।
आमा बेलाबेला भुत्भुताउँथिन्- त्यसको नि छोरो जन्म्या छ नि! छर्छेरिको मायाँ बुझेर नि सम्झिन पर्नी हैन र तेस्ले ?
दशैँमा नाती आउँदा र त्यसलाई आशिर्बाद दिन पाउँदा मात्रै पनि तिनलाई अभिलाख हुन्थ्यो ।
पोहोरको दशैमा के सोचेछ छोरोले कुन्नी बालाई नोकियाको मोबाईल ल्याइदिएछ सिम राखेर अनि बा आमालाई फोन गर्ने तरिका नि सिकाइदिएछ । अरु को त कस्को फोन आउथ्यो र सल्यान्टार दिएकी पुतलीले गर्थी कहिलेकाहिँ । १,२ पटक छोरोले नि गरेको थियो ।
बुहारीले न कहिल्यै फोन गरी न त राम्ररी कुरा नै गर्थी घर आउँदा बा आमा सँग ।
बुहारीले न कहिल्यै फोन गरी न त राम्ररी कुरा नै गर्थी घर आउँदा बा आमा सँग ।
अँ अनि अस्तिको कुरा!
खुम्चेको स्वरमा छोरोले भनेछ- आउनु न त बा साह्रै नै भको भए, ह्याँ राम्रो डाक्टरलाई देखाम्ला नि त!
फोन काटियो ।
सरिताले आउनु न त बा भनेको सुनिछ । च्याँट्ठिन थाली हालि- कसरी गर्ने उपचार ?
खुम्चेको स्वरमा छोरोले भनेछ- आउनु न त बा साह्रै नै भको भए, ह्याँ राम्रो डाक्टरलाई देखाम्ला नि त!
फोन काटियो ।
सरिताले आउनु न त बा भनेको सुनिछ । च्याँट्ठिन थाली हालि- कसरी गर्ने उपचार ?
पैसा पनि त हुन परो नि! आफैँलाई खर्च धान्न गाह्रो भैराको बेलामा । कहिँ नभका बुढालाई नि यही बेलामा लडेर हात भाँच्नुपर्ने ? हे भगवान कस्तो दु:ख दिन सकेको तिम्ले मलाई ? अब ती रोगी बुढा स्याहारेर बस्न पर्ने भो है!
ऊ बोल्न सकेन । सरिताले नै सबै निर्णय गर्छे, के खाने, कस्तो लुगा लाउने, घरमा पैसा पठाउने कि नपठाउने-कती पठाउने ? छोरोलाई कुन स्कुल पढाउने ? यती सम्म कि केहि किन्नु पर्यो भने उसले पनि पैसा सरिता सँगै माग्नु पर्थ्यो । उसको सबै कमाई सरिताले नै राख्ने र खर्च गर्ने गर्थी ।
भोलिपल्ट बा आए, आमाको झुत्रो मजेत्रोले हात घाँटिमा झुन्ड्याएर । त्यती राम्रो बोलचाल भएन बुहारी सँग । नाती असाध्यै खुशी भो हजुरबा देखेर, छोरोले आमालाई के कस्तो छ भनेर सोध्यो ।
भोलिपल्ट बा लाई उपचार गराउन वीर हस्पिटल लान सरिता सँग पैसा माग्यो उसले । सरिता रिसले फन्किँदै अर्को कोठामा छिरी । १० हजार माग्दैथियो, ५ हजार दिई, भन्दै थिई-अब छैन नि म सँग ।
डाक्टरले बुढो हड्डी लाग्न गाह्रो हुन्छ भन्दै प्लास्टर गरिदिए ।
डाक्टरले बुढो हड्डी लाग्न गाह्रो हुन्छ भन्दै प्लास्टर गरिदिए ।
२,४ दिन काठमान्डु बसेपछी बा लाई बस्न मन लागेन । बुहारीको झर्कोफर्को अनि छोरोले केहि बोल्न नसकेको देखेर बा लाई नरमाइलो लाग्यो ।
छोरालाई बा ले भने- बाबु म घर गएरै आराम गर्छु ।
छोराले नाईँ भन्न सकेन ।
बा अमिलो मन गरेर घरतिर फर्किए ।
अब काठमान्डु खाल्डोमा नफर्कने बाचा गरेर ।
गाउँमा आमाले सोधिन्- कस्तो छ केटाकेटीलाई ?
बाले भने- सबै राम्रै छ, उसको नि छोरो जन्मेको छ,थाहा पाउला नि!

आज कुशे औँशी ।
बुहारी बिहानै उठेर छोरालाई भनी- बाबु,आज बाबाको मुख हेर्ने दिन हो, बाबाको लागि मिठाइ किन्न जानु पर्छ । छिटो तयार हुनु । आएर फेसबुकमा बाबा र तिम्रो फोटो हाल्नुपर्छ ।
बुहारी बिहानै उठेर छोरालाई भनी- बाबु,आज बाबाको मुख हेर्ने दिन हो, बाबाको लागि मिठाइ किन्न जानु पर्छ । छिटो तयार हुनु । आएर फेसबुकमा बाबा र तिम्रो फोटो हाल्नुपर्छ ।
आमाले फेसबुकमा बाउ र छोराको फोटो राखिदिई अनि क्याप्सनमा लेखिदिई- "ह्याप्पी फादर्स डे,बेटा इन्जोइङ वीद हिज पापा"
छोराले सोध्यो- बाबा हजुरले चाहिँ गाउँ गएर हजुरबाको मुख हेरेर फेसबुकमा फोटो राख्नु पर्दैन ?
बाबु चाहिँले छोराको मुखमा हेरिमात्र रह्यो ।
छोराले एकछिनमा बुझे झैँ गरेर भन्यो- ए! म तपाईजत्रो ठुलो भएसी तपाईँ र मेरो फोटो राख्नु नपर्ने रहेछ । अनि तपाईँलाई भेट्न पनि आउनु नपर्ने रहेछ, हो बाबा ? ?
छोराले एकछिनमा बुझे झैँ गरेर भन्यो- ए! म तपाईजत्रो ठुलो भएसी तपाईँ र मेरो फोटो राख्नु नपर्ने रहेछ । अनि तपाईँलाई भेट्न पनि आउनु नपर्ने रहेछ, हो बाबा ? ?
बाउचाहिँले धेरैबेर पछी आँखाभरी आँसु लिएर छोरालाई आफु नजिक तान्यो अनि भन्यो- होईन छोरा तेसो नभन बाबु । अनि फेसबुक खोल्यो र कर्णाली ब्लुजबाट १ लाईन लिएर छिटो-छिटो स्ट्याटस अपडेट गर्यो- संसारमा मेरा बा जस्ता बा नै छैनन्, मिस यु बा ।
(बा, बा नै हुन्, बा को प्रतिस्थापन हुँदैन । बाको मुल्य थाहा पाउन आफैँ बा बन्नुपर्ने होर ? फेसबुकमा आफ्नो लागि बाको मुख चुच्चो पारी-पारी फोटो खिचाउनु भन्दा बा ले गाउँमा २ छाक पेट भर्न पाका छन कि छैनन हेर्ने गर्नुस्,)
Comments
Post a Comment