गजल : फूल कमल बनाएर

गजल : 
राख्छु भन्छ मलाई सधैं फूल कमल बनाएर 
दिलैभित्र सजाएर मिठो गजल बनाएर ।

देवी हुँँ रे मायाकी, उसको मनकी सुवासिनि
पुज्छु भन्छ मनभित्र मन्दिर देवल बनाएर ।

कस्नु छ रे मायाको बन्धन जुनी–जुनी भरी 
दुई मुटुको धड्कनको माला पलपल बनाएर ।

सँगै जिऊँ, सँगै मरौँ, सँगै दिन बिताऊँ भन्छ 
बसौँ भन्छ पिरतीको स्वप्नमहल बनाएर ।

जिन्दगी चिसिँदैछ, चुहिँदैछ, रित्तिँदैछ 
तताउँछ रे सुहागको न्यानो मकल बनाएर ।

२०७२ मङ्सिर २०
काठमाडौं

Comments

Popular Posts