यथार्थता

यथार्थता:
दृस्टान्त- नेपाल आमा 
मेरा शरीरका अंगहरु युद्दको तयारीमा रैछन् । मेरो हातले आफ्नो छुट्टै स्वामित्व खोज्यो ।
गोडा तुरुन्तै जङ्गिहाल्यो- ए! तैले भन्दा जे पनि हुन्छ ? यो पुरै शरीरको भार को माथी छ ? कसको बढी अधिकार छ यो शरीरमा ?
हातले जुर्मुराउँदै भनिहाल्यो- कर्म चाहिँ म गर्ने अनि तँ चाहिँ खाली लखरलखर डुलेको भरमा अधिकार खोज्ने साला ?
गोडालाई अब त सहिनसक्नु भो, बोल्यो- हेर्लास्, कती दिन उम्लेलास् र ? मैले नहिँडेसी कसरी गर्दोरैछस् काम पख् फटाहा!!
यो हल्लिखल्लिले सारा अंगहरुमा तरङ्ग पैदा गर्‍यो, तर नकारात्मक मात्र ।
अब त नाक मैले सास फेरेर तिमेरु बाँचेका छौ, हेरुम्ला भन्छ ।
कान लौ कसरी चल्दो रैछ मैले सुन्न छोडेँ भने, भनेर धम्क्याउँछ ।
जिब्रो त्यस्तै तुजुक देखाउँछ ।
आँखा को त कुरै नगरुम्, उसको त फुर्ती नै कती हो कती ?
सबै आआफ्नै तालमा उफ्रे । कसैले कसैको महत्त्व बुझेनन् ।
सबै झगडाको साक्षी बनेको मुटु बेस्सरी रोयो । सोच्यो- कती गरेर उसले सबै अंगहरुलाई रक्तसंचार गरेको छ, कसरी ऊ धड्किँदा सारा अंगहरुमा रक्तचाप सहज बनेर चल्छ । आज आफ्ना आफ्नैमा यस्तो पानी बाराबारको स्थिती देखेर भक्कान्नियो ऊ ।
अनी धैर्य गरेर बिस्तारै सबैलाई सम्झाउदै भन्यो- तिमीहरुलाई थाहा हुनु पर्ने हो, हामी सबै एउटै प्रणालीबाट चल्ने गर्छौँ । काम र स्वरुप फरक फरक होला तर सबै मिलेर मात्र सबैको साझा अस्तित्व सम्भव छ नि । एउटाले मात्र काम नगरेर बस्ने अनि अरुलाई दोषारोपण गर्ने हो भने हामी सबैको धड्कन बन्द हुन्छ, किनकी म अब तिमीहरुको लागी रक्तसंचार गर्न सक्दिन अनि म बन्द भएपछि........ । बोल्दाबोल्दै मुटु फेरी भक्कानियो । अरु अंगले यसरी सोचेकै रहेनछन । सबै चुप लागे अनि सहअस्तित्वको महत्त्व बुझेर सधैँ मिलेर बस्ने प्रण गरे ।
मुटु नेपाल आमा हुन् भने यी अंगहरु गुरुङ, मगर, तामाङ, बाहुन, क्षेत्री, थारु आदी जातजाति हुन् ।
यी अंगका कर्तुत र अपुरणिय मागले देश कता जाला त ?
अगाडी कसरी बढ्ने ? सबैलाई चेतना भया ।

Comments

Popular Posts