कविता : दसैं आएकै छैन
एकाबिहानै उठेर एक झुल्को घाम
दैलोमा लम्पसार परिसक्यो,
दैलोमा लम्पसार परिसक्यो,
चराहरु उन्मत्त भएर चिरबिर चिरबिर गर्दै
दसैं आएको संकेत गर्दै छन्
आकाश उज्यालिएको छ
तैपनि दसैं आएकै छैन किन ?
दसैं आएको संकेत गर्दै छन्
आकाश उज्यालिएको छ
तैपनि दसैं आएकै छैन किन ?
घरमाथी बाट सल्लाघारीले सुसेलेर रात-बिहान
मलाई घोचिरहन्छ - ओेई दसैं आयो
तैपनि दसैं आएकै छैन किन ?
मलाई घोचिरहन्छ - ओेई दसैं आयो
तैपनि दसैं आएकै छैन किन ?
आँगनको धुलोमा मडारिँदै
फ्रकबाट चियाईरहेको आफ्नो लाजलाई
जसोतसो ढाक्दै
मेरी अबोध सानी बहिनी काली
मुसुक्क हाँस्दै गिजा देखाउछे र भन्छे - 'दथैँ आओ'
तैपनि दसैं आएकै छैन किन ?
फ्रकबाट चियाईरहेको आफ्नो लाजलाई
जसोतसो ढाक्दै
मेरी अबोध सानी बहिनी काली
मुसुक्क हाँस्दै गिजा देखाउछे र भन्छे - 'दथैँ आओ'
तैपनि दसैं आएकै छैन किन ?
किन?
पोहोर साल हालेको एक जोर
आकाशे रङ्को सठ र निलो पाइन्टको
पैसा तिर्ने जोहो गर्न नसकेर
आमा यसपाली खान्चोक भञ्ज्याङ गैनन्
यो साल लाई एक जोर जुटाउन
अनि कसरी आओस् दसैं !
पोहोर साल हालेको एक जोर
आकाशे रङ्को सठ र निलो पाइन्टको
पैसा तिर्ने जोहो गर्न नसकेर
आमा यसपाली खान्चोक भञ्ज्याङ गैनन्
यो साल लाई एक जोर जुटाउन
अनि कसरी आओस् दसैं !
भुईँचालोले मक्किएका धुरिका खाँबा
र चिरिएको ढुङ्गाको गारो
उकास्न नसक्दा
ठुलोपाटाको कुनामा पलास्टिको तन्ना बेरिएर
उभिएको टहरोले घाम र पानी छेक्न नसकेर
र सल्लाघारीको चिसो सिरेटो खप्न नसकेर
जागा बसेका रात हरु सँग
अझै पनि रुन्छु म
अनि कसरी आओस् दसैं !
र चिरिएको ढुङ्गाको गारो
उकास्न नसक्दा
ठुलोपाटाको कुनामा पलास्टिको तन्ना बेरिएर
उभिएको टहरोले घाम र पानी छेक्न नसकेर
र सल्लाघारीको चिसो सिरेटो खप्न नसकेर
जागा बसेका रात हरु सँग
अझै पनि रुन्छु म
अनि कसरी आओस् दसैं !
माथ्लो इस्कुल को चउरमा
बाँसको लिङ्गा गाडेर र
गाउँ भरीबाट बाबियो उठाएर
मोटो-मोटो डोरी बाटेर
लिङ्गे पिङ् हालिएकै छैन
अनि जम्मा भएकै छैनन्
काले, पुण्टे, नेप्टी, सुसे र जयन्ते
मेरा दोस्तहरु
अनि कसरी आओस् दसैं !
बाँसको लिङ्गा गाडेर र
गाउँ भरीबाट बाबियो उठाएर
मोटो-मोटो डोरी बाटेर
लिङ्गे पिङ् हालिएकै छैन
अनि जम्मा भएकै छैनन्
काले, पुण्टे, नेप्टी, सुसे र जयन्ते
मेरा दोस्तहरु
अनि कसरी आओस् दसैं !
मुख्य कुरो त
आमाले दैलो पोत्न नि नभ्याउँदै
आँगनका डीलडीलमा
जम्मा भएकै छैनन् साहुहरु
पहेलपित्त दाँत देखाउदै,
हामी बिरामी हुँदा
साहुकै कृपाले किनिएका सिटामोलको
ब्याज, स्याज र प्याज सहितको हिसाब बोकेर,
अनि आमाले ङिच्च पर्दै
पैसा कमाउन भारत गएका बाको संकेत गर्दै
भन्नु परेकै छैन --
'ईन्डियाबाट पैसो आको छैन, २/४ दिन पख्नुस् है!'
अनि कसरी आओस् दसैं !
आमाले दैलो पोत्न नि नभ्याउँदै
आँगनका डीलडीलमा
जम्मा भएकै छैनन् साहुहरु
पहेलपित्त दाँत देखाउदै,
हामी बिरामी हुँदा
साहुकै कृपाले किनिएका सिटामोलको
ब्याज, स्याज र प्याज सहितको हिसाब बोकेर,
अनि आमाले ङिच्च पर्दै
पैसा कमाउन भारत गएका बाको संकेत गर्दै
भन्नु परेकै छैन --
'ईन्डियाबाट पैसो आको छैन, २/४ दिन पख्नुस् है!'
अनि कसरी आओस् दसैं !
सन्तोष खनाल
तान्द्राङ्-४, गोरखा
२०७२/०७/०१
तान्द्राङ्-४, गोरखा
२०७२/०७/०१
Comments
Post a Comment