कविता: कुकुर विज्ञप्ती
कविता: कुकुर विज्ञप्ती
अचम्म लाग्छ तिनीहरुको ब्यवहार देखेर
कस्ता असुरहरु!
कस्ता असुरहरु!
अस्ती मात्रै हो-
घरमा तिनका आफन्त आउँदा
म बेस्सरी भुकेथें
तर त्यो भुकाईसँगै घरकी मालिक्नीले
दुई लात पेटमै भकुरिन् ।
मेरो भुकाई कुईंकुईंमा बदलियो ।
बेस्सरी रन्थनिएँ
तर चुप लाग्नै पर्यो ।
जानेबेला दुई पाङ्ग्रा बिस्कुट फालेर भने-
"फेरी आउँदा नभुक् है पाङ्ग्रे!"
घरमा तिनका आफन्त आउँदा
म बेस्सरी भुकेथें
तर त्यो भुकाईसँगै घरकी मालिक्नीले
दुई लात पेटमै भकुरिन् ।
मेरो भुकाई कुईंकुईंमा बदलियो ।
बेस्सरी रन्थनिएँ
तर चुप लाग्नै पर्यो ।
जानेबेला दुई पाङ्ग्रा बिस्कुट फालेर भने-
"फेरी आउँदा नभुक् है पाङ्ग्रे!"
केही दिनपछि रातको अन्धकारमा
फेरी कोही आयो
जुरुक्क उठेँ ।
भुक्नमात्रै लागथें
झल्झली याद आयो-
मालिक्नीको त्यो नमीठो लात
अनि - "फेरी आउँदा नभुक् है पाङ्ग्रे!"
चुप लागेर पल्टिरहें
एकैछिनमा मान्छे त गयो
तर झिस्मिसेमै
मालिक्नीको रुवाई र लात
एकैपल्ट बज्रियो ।
"यो कुत्ता भुक्न नि जान्दैन
लट्टीपट्टी नै पो पारेछ नि!"
फेरी कोही आयो
जुरुक्क उठेँ ।
भुक्नमात्रै लागथें
झल्झली याद आयो-
मालिक्नीको त्यो नमीठो लात
अनि - "फेरी आउँदा नभुक् है पाङ्ग्रे!"
चुप लागेर पल्टिरहें
एकैछिनमा मान्छे त गयो
तर झिस्मिसेमै
मालिक्नीको रुवाई र लात
एकैपल्ट बज्रियो ।
"यो कुत्ता भुक्न नि जान्दैन
लट्टीपट्टी नै पो पारेछ नि!"
महिना बित्न नपाउँदै
फेरी खै के उत्सव आयो?
फेरी खै के उत्सव आयो?
घर झिलिमिलियो
सरसफाई भो
बत्तीहरु टाँगिए
कति मान्छे आए - गए
मैले हिसाब राख्न भ्याईन ।
म त यो संसारदेखि
वाक्क भैसकेथें ।
सोचिरहेथें- कुनै बिहान लुसुक्क निस्कनुपर्ला
यो साङ्लो तोडेर ।
बस् पर्खाई थियो साङ्लो तोडिने समयको ।
सरसफाई भो
बत्तीहरु टाँगिए
कति मान्छे आए - गए
मैले हिसाब राख्न भ्याईन ।
म त यो संसारदेखि
वाक्क भैसकेथें ।
सोचिरहेथें- कुनै बिहान लुसुक्क निस्कनुपर्ला
यो साङ्लो तोडेर ।
बस् पर्खाई थियो साङ्लो तोडिने समयको ।
तर अचम्मै भयो-
एकाबिहानै
माला गाँसियो
मीठा मीठा परिकार बनाईयो
हातमा पूजाको थाली बोकेर
मालिक्नी नजिकै आईन्
सुम्सुम्याईन्
खै के के फलाकिन्
माला लाईदिईन्
मलाई रङ्गीचङ्गी पारिन्
भनिन्-
"आज तेरो दिन हो
कुकुर तिहार!
घरको राम्रो ख्याल राख् है पाङ्ग्रे!"
अनि साङ्लो खोलिन् र फेरी भनिन्-
"जा टोलभरी घुमेर देखाएर आ, कति राम्रो भा'छस्!"
एकाबिहानै
माला गाँसियो
मीठा मीठा परिकार बनाईयो
हातमा पूजाको थाली बोकेर
मालिक्नी नजिकै आईन्
सुम्सुम्याईन्
खै के के फलाकिन्
माला लाईदिईन्
मलाई रङ्गीचङ्गी पारिन्
भनिन्-
"आज तेरो दिन हो
कुकुर तिहार!
घरको राम्रो ख्याल राख् है पाङ्ग्रे!"
अनि साङ्लो खोलिन् र फेरी भनिन्-
"जा टोलभरी घुमेर देखाएर आ, कति राम्रो भा'छस्!"
साङ्लो हट्यो
टोलमा सबै साथी भेटिए
कहानी उस्तै उस्तै ।
अनि प्रतिज्ञा भो
र यो विज्ञप्ती निस्कियो
कि-
भुक्नु हाम्रो आफ्नो पहिचान हो
निर्बाध र स्वतन्त्र भुक्न पाउनु पर्छ हामीले
टोलमा सबै साथी भेटिए
कहानी उस्तै उस्तै ।
अनि प्रतिज्ञा भो
र यो विज्ञप्ती निस्कियो
कि-
भुक्नु हाम्रो आफ्नो पहिचान हो
निर्बाध र स्वतन्त्र भुक्न पाउनु पर्छ हामीले
हामीमा ईमान्दारिता छ
हामी तिनीहरु झैं बेईमान बन्न सक्दैनौं
तर तिनीहरु हामी जत्तिकै बन्नुपर्छ ।
हामी तिनीहरु झैं बेईमान बन्न सक्दैनौं
तर तिनीहरु हामी जत्तिकै बन्नुपर्छ ।
चाहे जे होस्,
हामी भुक्नुपर्छ ।
भुक्नुपर्छ-
आफ्नो स्वाभिमानको लागि
भुक्नुपर्छ-
मानिसका बेईमानीका बिरुद्ध
भुक्नुपर्छ-
साङ्लोको चौघेराबाट बाहिर निस्कन ।
हामी भुक्नुपर्छ ।
भुक्नुपर्छ-
आफ्नो स्वाभिमानको लागि
भुक्नुपर्छ-
मानिसका बेईमानीका बिरुद्ध
भुक्नुपर्छ-
साङ्लोको चौघेराबाट बाहिर निस्कन ।
तर मनमा लागिरह्यो-
आखिर ती कसरी फरक भए हामीभन्दा?
मनले भन्यो-
हामी स्वाभिमानी र इमान्दार 'कुकुर' हौं
र तिनीहरु 'मान्छे' हुन् ।
आखिर ती कसरी फरक भए हामीभन्दा?
मनले भन्यो-
हामी स्वाभिमानी र इमान्दार 'कुकुर' हौं
र तिनीहरु 'मान्छे' हुन् ।
2072 कार्तिक 26
चितवन
चितवन
Comments
Post a Comment