गजल: भयो अरे

गजल: 

देउता बन्ने रहरमा ऊ पत्थर भयो अरे 
केही दिन त मन्दिरको सफर भयो अरे । 
.
साँचो कुरा झुटो बन्छ विश्वासको कमी भए 
बिष भनेर अमृत दियो असर भयो अरे । 
.
जान्नेले जानेकै छ, नजान्नेले के जानोस त !
मलाई गुलाब फूल, उसलाई पत्कर भयो अरे । 
.
फूल फुलाउँछु भन्दै माली पसिना रोप्दै थियो 
आँधी आयो लग्यो बारी बगर भयो अरे । 
.
डँढेलो लाग्यो मनमा तर कोही सुरक्षित छ 
मुटुको त्यो डेरा बाट खबर भयो अरे । 

© सन्तोष खनाल 
तान्द्राङ -४, गोरखा 
१ जनवरी २०१६ 

Comments

Popular Posts